२०७३ माघ ४ मंगलबार
  • :
  • :

आखिर किन मुडुली भइन् अभिनेत्री सारिका केसी ?

For Android Mobile Download App Click here

अभिनेत्री सारिका केसी ‘मुडुली’ भएकी छिन् । उनी हालै छायांकन गरिएको ‘मर्ने मिति’ बोलको भिडियोमा कपाल खौरिएकी पीडित नारीको भूमिकामा प्रस्तुत भएकी हुन् ।

विष्णु माझी र मोहन खड्काको स्वर रहेको सो गीतको भिडियो कपिल लामाले निर्देशन गरेका हुन् । गीतको मर्मअनुरूपको कथाको मागले आफू ‘मुडुली’ भएको सारिकाले बताइन् ।

‘भिडियोको कन्सेप्टअनुसार म मुडुली हुनुपर्ने थियो,’ उनले भनिन्, ‘गीत साह्रै राम्रो लागेकाले ‘गेटअप’मा उत्रन तयार भएँ ।’ गीतमा उनीसँगै मोडल विमल अधिकारीले अभिनय गरेका छन् । सो गीत विमल र डम्बर बगरले लेखेका हुन् । रामु खड्काको लय रहेको सो भिडियो आगामी मंगलबार सार्वजनिक गरिँदै छ ।  

‘कान्छी मट्याङट्याङ’, ‘लक्ष्य’, ‘सरकार’लगायतका फिल्मकी हिरोइन सारिका पछिल्लो समय म्युजिक भिडियो अभिनयमा पनि व्यस्त छिन् । आफू कलाकार भएकाले कथाको मागअनुसार पात्रमा उत्रन कुनै कन्जुस्याइँ नगर्ने दाबी उनको छ । ‘कथाले मागेअनुसारको चरित्रमा उत्रन मलाई कुनै समस्या छैन,’ उनी भन्छिन्, ‘यो गीतको केही भागमा म सती जाने भूमिकामा छु ।

 


 

त्यसैले मुडुली भएकी हुँ ।’ मेकअप म्यान मेघराज बस्नेतले सारिकालाई ‘मुडुली’ बन्न सघाएका थिए । दोलालघाट,काठमाडौं र कालिञ्चोकमा चार दिन लगाएर खिचिएको यो भिडियोले दर्शकलाई बेग्लै अनुभूति गराउने विश्वास सारिकाको छ । (नयाँ पत्रिका दैनिकबाट) 
 

Leave us Comment

News, Useful Tips & रोचक जानकारी

Loading...
Loading...