विजय थापा ।
मानिसका आँशु एक खुशी हुँदा र अर्को दुखि हुँदा आउदछ । मानिसका सपना पुरा भएमा या आफूले सोचेको कुरा प्राप्त गर्दा मानिसका खुशीका आँशु आउदछन । तर हालसालै शारीरिक सुगठनमा नेपाल र नेपालीको नाम बिश्व भर फैलाएका अन्तर्राष्ट्रिय स्वर्ण पदक बिजेता महेश्वर महर्जन मनभरी गुम्सिएका, हृदयभरी गाठो परेका दुख बेदना पोख्दै अन्तर्वार्ता दिने क्रममा भाबुक बन्दै रोएका छन ।
थाइल्याण्डमा सम्पन्न १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपका स्वर्ण पदक बिजेता महर्जनले अन्तर्वार्ता दिने क्रममा उनी एक छिन बोल्न सकेनन । उनको गला अबरुद्ध भयो । आवाज केही क्षण सम्म निक्लन सकेन । मुखमा कसैले कपास राखी दिए झैँ भयो । वाक्य नै बसे झैँ भयो । दर्शकहरु पनि भाबुक भए । तर बिस्तारै उनि सम्हालिए अनि उनले अन्तर्वार्ता को क्रमलाई निरन्तरता दिए ।
संचारकर्मी सच्ची मैनालीले बिजेता बने पछि कस्तो महसुस भै रहेको छ भन्ने जवाफ को सहि उत्तर पाउन ४ पटक सोधेकी थिइन् । महर्जनले ठिक उत्तर नदिई घुमाई फिराई आफ्ना गुनासो पोखे । स्वर्ण पदक बिजेता खिन्न भएको लाग्दथ्यो । उनको अनुहार निराश थियो ।
आफ्ना भित्र गुम्सिएका बेदना पोखे पछि उनले बिस्तारै संचारकर्मी सच्ची मैनालीले सोधेको जवाफ दिने क्रममा साथीभाईले गर्ने समर्थन आफ्नो ठाउँमा छ भने । तर जहाँ बाट सहयोग समर्थन पाउनु पर्ने हो त्यो २२ बर्ष सम्म पनि सहयोग पाएको छैन भनि दुखेसो पोखे । उनले सरकारको कुनै भूमिका नरहेको स्पप्ष्ट
बताए ।
उनले अगाडी भने देशले गर्नु पर्ने हो गरेन तर आफ्नो एउटा सपना थियो त्यो पुरा भएकोमा म खुशी छु भने । उनले थप गर्दै भने आफु संग सम्बन्धित संघले मुख्य रुपमा गर्नु पर्ने हो भने, त्यो गर्न सकेन भनि कुरा राखे । त्यसै गरि सरकारबाट सहयोग प्राप्त नभए पछि यो प्रतियोगिता पछि खेल त्याग्छु भन्ने मानसिकता साथ उनि प्रतियोगितामा सहभागी हुन् आएको बताए । स्वर्ण पदक बिजेता भै सके पछि पनि भबिस्यमा आफूले अव सरकारको सहयोग नपाएमा भबिष्यमा यो खेल त्याग्न सक्ने उच्च सम्भावना भएको बताए ।
उनलाई तपाईको एउटा फोटोमा आँशु बगिरहेको देखेको थिए । यो पक्का पनि खुशीको आँशु हो । अहिले सम्झनु हुन्छ त्यतिखेर के सम्झेर आँशु झरेको थियो भन्ने प्रश्न गर्दा पनि उनि भाबुक भए । मन भित्र दुखको गाठो बेरिएको झैँ लाग्दथ्यो ।
अन्तर्वार्ताको लागी थाइल्याण्डमा उनि बिहानको ४:१५ बजे सम्म अन्तर्वार्तामा रहेका थिए । उनले अन्तर्वार्ताको क्रम मै व्यक्तिगत रुपमा ८-९ लाख लागेको र आफू अब यत्रो खर्च गरि आउन नसकिने बताए । उनले भारतबाट करिव १६ जनाको टोलि आएको चर्चा गर्दै हामी आफ्नो व्यक्तिगत रुपमा आएको बताए ।
उनले आफूले यो पदक जित्न २२ बर्ष कुर्नु पर्यो भन्दै ३-५ बर्षमा यस्तो बन्न सकिने बताए । महर्जनले यो जिताउन साथीभाईहरुको ठुलो हात रहेको भन्दै यस्ता प्रतियोगिताबाट कति पटक निरास पनि भएर करिव २ बर्ष सम्म खेल्न पनि छोडेको पनि बताए । शारीरिक सुगठन निकै समय लाग्ने भन्दै अन्य खेल भन्दा फरक रहेको बताए ।
गरिवहरुले यो खेल खेल्न खर्चले नसक्ने हुन्छ भने धनिहरु यस्तामा नलाग्ने बताए । महर्जनको दुखेसो भनेको सरकारले यस तर्फ ध्यान दियोस भन्ने चाहना रहेको उनको विचार र भनाईको ईशारा बाट प्रष्ट बुझिन्थ्यो । महर्जनले साथीभाइहरुले भाग लिनु पर्छ भने पछि अन्तिम पटकको लागि आएको चर्चा गरे । उनले अन्तर्वाता कै क्रममा मैले कस्को लागि खेले रु मैले नेपालको लागि खेले, नेपालीको लागि खेलेको हु । म नेपाल आमाको छोरा हु । म बिजेता हुदा नेपालको नाम रहेको बताए ।
थाइल्याण्डको चाङमईमा भएको प्रतियोगितामा महेश्वरले गत शनिबार साँझ पुरुष तर्फ को ७५ केजीको समूहमा स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त प्रतिस्प्रद्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएका थिए ।
नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो । महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो ।