लण्डन । नयाँ पत्ता लागेको एक उभयचर जीवलाई अमेरिकी राष्ट्रपतिको नाम दिइएको छ ।
माटोमुनि टाउको लुकाउने यो जीवको नाम ट्रम्पले जलवायु परिवर्तनमा असर पर्ने नीति लिएको विरोधमा दिइएको बीबीसीले जनाएको छ ।
पानामामा भेटिएको जीवको नामको राख्न पाउने अधिकारका लागि एक लिलामी गरिएको थियो ।
उक्त लिलामीमा २५,००० अमेरिकी डलर बोली लगाउने ‘इन्भाइरोन्–बिल्ड’ का प्रमुखले जीवको नाम ‘डरमोफिस डोनाल्डट्रम्पी’ राखेका हुन् ।
कम्पनीले मौसम परिवर्तन बारेमा जनचेतना बढाउन यो कदम चालेको बताएको छ ।
‘डोरमोफिस डोनाल्डट्रम्पीमा जलवायु परिवर्तनको सीधा असर पर्नेछ ।
उसलाई नाम दिइएको राजनीतिज्ञको गलत जलवायु नीतिको उ लोप हुने खतरामा छ,’ एक विज्ञप्तिमा इन्भाइरोन्–बिल्डका सहसंस्थापक ऐडन बेलले भनेका छन् ।
सानो,आँखा नदेख्ने र विशेष गरेर जमिनमुनि बस्ने यो जीव ‘सीसीलीएन’ प्रजातिमा पर्छन् ।
बेलले विज्ञप्तिमा यो जीव र डोनाल्ड ट्रम्पको व्यवहारबीच तुलनासमेत गरेका छन् ।
‘डोनाल्ड ट्रम्पको जमिनमुनि टाउको लुकाउने कार्यले गर्दा उनले वैज्ञानिकहरूबीच आम सहमति रहेको मानवीय क्रियाकलापले पार्ने जलवायु परिवर्तनलाई अस्वीकार गर्न सकिरहेका छन्,’ वेलले विज्ञप्तिमा लेखेका छन् ।