सोलुखुम्बु, ३ वैशाख । समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ ।
बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।
पाइलटले अटो प्लाइलोट अन गर्न भुल्दा विमानको पछाडिको भागले जमीन छुँदा सामान्य कुच्चिए पनि कुनै मानवीय क्षति नभएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । विमानमा १८ विदेशी सवार थिए । विमानमा सामान्य क्षति पुगेपछि काठमाडौँबाट प्राविधिक टोली आई जाँच गरेपछि अपराह्न ३ः१० मा पुनः काठमाडौँ फर्किएको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा रहेको उक्त विमानस्थल आन्तरिक उडान हुने अन्य विमानस्थलमध्ये व्यस्त छ । प्राविधिक दृष्टिकोणले विमानस्थल अति संवेदनशील मानिन्छ । धावनमार्ग अति छोटो भएकाले पनि उडान भर्दा समस्या आउने गरेको विमान चालकको भनाइ छ ।
सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटनाबाट बचेको छ । अवतरणका क्रममा जहाज रन वे मा नियन्त्रण गुमाएर केहिबेर ढलपलाएको थियो ।
समिट एयरको जहाज अवतरण गरेर रनवेमा कुँदिरहेका बेला एक्कासी ढलपलाउँदै पछाडीको भागले रनवेमा छोएको भिडियोमा देखिन्छ । तर पछि जहाज सम्हालिएर गुड्दै पार्किङ एरियामा पुगेको भिडियोमा देखिन्छ । समिट एयरले यो दुर्घटनाको बारेमा आधिकारिक केही बताएको छैन । भिडियोमा हेर्नुस् जहाज दुर्घटना हुनै लाग्दाको डरलाग्दो त्यो क्षण।