काठमाडाैं, २९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङको समस्याका कारण दैनिकजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै ‘होल्ड’ हुने गरेका छन् ।
पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्यामा समेत वृद्धि भएपछि विमानस्थलमा चाप परेका कारण न्यूनतम आधा घण्टादेखि अधिकतम डेढ घण्टासम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्ने स्थिति आएको हो ।
ट्राफिक चाप बढेका कारण हेटौँडा, नौबिसे, नगरकोट, बनेपामाथिको आकाशमा जहाज होल्ड गर्नुपरेको विमान कम्पनीले जनाएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले पार्किङ र जहाजको चापका कारण लामो समयसम्म जहाज आकाश नै उडाइराख्नुपर्ने समस्या देखिएको बताए । अाजकाे गाेरखापत्रमा खबर छ ।