Horoscope | दैनिक, साप्ताहिक, मासिक र बार्षिक राशिफल
For Android Mobile Download App Click here
ज्यो. पं. बैद्यराज दीपक राज सुवेदी (डबल गोल्डमेडलिस्ट)द्वारा गरिएको राशिफल
-
आज मिति N
-
मिति को राशिफल
-
चैत्र महिनाको मासिक राशिफलको राशिफल
-
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। दोस्रो सातासम्म स्थिति अलि प्रतिकूल रहनेछ। साझेदारीमा समस्या आउनेछ भने सगोलको सम्पत्तिमा विवाद आउन सक्छ। नोकरी तथा व्यावसायिक काममा केही चुनौती भने देखापर्न सक्छन्। केही दौडधुप गर्नुपरे पनि विशेष अवसर प्राप्त हुनेछ। तेस्रो सातादेखि आर्थिक पक्षमा विशेष उन्नति हुनेछ। घरायसी समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ। पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। बीचमा काम रोकिने र अध्ययनमा बाधा हुने देखिन्छ। प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला।
-
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
कृषि तथा व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। स्वास्थ्यमा चोटपटक वा ज्वरो जस्ता समस्या देखिएलान्। बिनाकारण आफन्तजन टाढिन सक्छन्। आमा, भूमि, घर र गाईको विषयले केही चिन्ता बढाउन सक्छ। अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुनेछ। साथीभाइ र बन्धुबान्धवको सहयोग लिने चेष्टा गर्नुहोला। प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने अवसर प्राप्त हुन सक्छ। घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने समय भएकाले सजग रहनुहोला। एकसाथ अनेक काम सुरु भए पनि परिवारिक असमझदारीले अप्ठ्यारोमा पुर्याउन सक्छ। कीर्ति राख्न गरिएको प्रयासले उल्टै क्षति पुर्याउन सक्छ। अध्ययनमा भने सामान्य प्रगति हुनेछ।
-
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रारम्भमा वादविवादमा समेत परिने योग देखिएकाले सावधान रहनुहोला। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नोकरी तथा राजनीति गर्नेहरूलाई लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। धेरैको भलाइ हुने काम गर्न सकिनेछ। स्वास्थ्यमा चोटपटकको सम्भावना देखिएकाले हतियार र सवारी उपयोग गर्दा सावधान रहनुहोला।
-
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
महिनाको सुरुमा शिर वा आँखाको समस्याले सताउन सक्छ। अवसरका साथ चुनौती समेत देखा पर्ने हुँदा लगनशीलताले मात्र काम बनाउन सकिनेछ। तापनि प्रयत्न गर्दा आँटेको काम सम्पादन हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेममा खटपटी देखापर्नेछ भने गृहस्थी केही अशान्त रहनेछ। समयमा जिम्मेवारी पूरा नहुँदा हातबाट अवसर फुत्कन सक्छ। व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। लाञ्छना लगाउनेहरू सक्रिय रहे पनि मेहनतले सामाजिक प्रतिष्ठा दिलाउनेछ।
-
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
राजनीतिक अगुवासँग भेटघाट हुन सक्छ। तर, ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। परिवारजनमा असमझदारी बढ्ने सम्भावना देखिन्छ। ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ। स्वास्थ्य कमजोर रहे पनि प्रतिस्पर्धामा फाइदा उठाउन सकिनेछ। तापनि काममा शुभचिन्तकहरूले हौसला प्रदान गर्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। प्रतिस्पर्धीहरूका माध्यमबाट बढी लाभ हुनेछ। अध्ययनमा समय दिन नसक्नाले पछि परिने सम्भावना छ
-
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
खर्च बढ्नाले आर्थिक अभाव देखा पर्न सक्छ। टाउको वा आँखामा समस्या देखिन सक्छ। अनावश्यक दौडधुपले धन तथा समय खर्च गराउन सक्छ। अप्ठ्यारो समयमा आशा देखाउनेहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अध्ययन र व्यवसायमा अलि बाधा हुनेछ। प्रतिकूल स्थानान्तरणले रोजगारीमा समस्या निम्त्याउन सक्छ। वादविवाद र मुद्दा-मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन्। तत्काल फाइदा नभए पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। अरूका विषयमा धेरै चासो नलिनुहोला। चुनौती देखिए पनि महिनाभरको आयस्रोत भने बलियै रहनेछ।
-
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विभिन्न अवसरले पछ्याउनेछन्। रोकिएका काम बन्नुका साथै आकस्मिक लाभ हुने समय छ। आयआर्जनका स्रोतसमेत बढ्नेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। व्यापार, कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। भोगविलासका सामानहरू समेत प्राप्त हुनेछन्। दोस्रो सातादेखि पहिलेको व्यवहारले आम्दानी बढाउनेछ। विशिष्ट व्यक्तिहरूसँग नियमित भेटघाट हुनुका साथै प्रतिष्ठित कार्य गर्ने वातावरण तयार हुनेछ। परिवारमा भने केही असमझदारी बढ्नेछ।
-
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विशेष अवसर प्राप्त हुनुका साथै नयाँ काममा हात हाल्ने समय छ। आँटेको काम सम्पादन हुनेछ भने समाजमा आफ्नो प्रभुत्व बढ्न सक्छ। मनग्गे लाभ हुने कामको जिम्मेवारी हातलागी हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनेछ । मनग्गे अर्थ उपार्जन गर्ने समय छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिने समय छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी मनग्गे फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुने सम्भावना छ। खर्च लागे पनि विशेष काम वा व्यवसायको जग बसाउने समय छ। बिग्रिएको सम्बन्ध पुन:स्थापित हुनेछ। मिहिनेतले कीर्तिमानी दिलाउनेछ।
-
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सरोकार नभएका विषयमा रुचि राख्नाले अनावश्यक दुःख पाइनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउन सक्छ। अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। देशविदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। मेहनत गर्दा आम्दानीका विविध स्रोत फेला पार्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। शुभचिन्तकको सहयोगले विशेष कामहरू बन्नेछन्। साझेदारीका विषयमा भने वादविवाद हुन सक्छ ।
-
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। आर्थिक अभावले पनि सताउन सक्छ। स्वास्थ्यमा कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। केही जरिवाना पनि सम्भावना छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। मौका आए पनि परिबन्धले पछि पार्न सक्छ। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। परिस्थितिलार्इ पछ्याउन नसक्दा महत्वपूर्ण वस्तु गुम्न सक्छ। तापनि जुझारु कार्यशैलीले केही काम सम्पादन हुनेछन्। बिस्तारै परिस्थिति अनुकूल बनाउन सकिनेछ।
-
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अरूको भरपर्दा काम रोकिन सक्छ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। बलजफ्तीले पनि काममा बाधा हुन सक्छ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ। जीवनसाथीलाई समेत केही पीडा हुने ग्रहयोग छ। सरकारी कामकाजमा विलम्ब हुनेछ। तापनि सुखदुःखमा साथ दिने शुभचिन्तकहरू भेटिनेछन्। आस मारेको काम बन्नाले केही उत्साह जाग्नेछ। व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ। घरखर्च बढ्नेछ भने आयआर्जनमा केही कमी आउने सम्भावना छ।
-
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आर्थिक पक्ष पनि सबल बन्नेछ। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। आर्थिक समस्या सुल्झनेछ भने सुखद समाचारले आनन्द प्राप्त हुनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। काममा सहयोगीहरूले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने समय छ। मुद्दा र कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। शत्रु र प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार हुनेछ। बिग्रिएको प्रेमसम्बन्ध पुन:स्थापित हुनेछ भने दाम्पत्य सम्बन्ध पनि सुमधुर बन्नेछ।
-
वि.सं.
-
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मेष राशिको लागि २०८० साल मध्यम रहन सक्छ। सवारीसाधन, जग्गाजमिन, रोजगारी, वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी गर्न सक्ने योग छ। स्वास्थ्य भने सामान्य रहन सक्छ। वर्षको पूर्वार्धको समयमा स्वास्थ्य कमजोर रहन सक्छ भने वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउनेछ। अध्ययन अध्यापनको क्षेत्रको यो वर्ष सामान्य रहन सक्छ। प्रेम तथा पारिवारिक जीवनमा वर्षको पुर्वार्धमा केहि असमझदारी रहेपनि वर्षको उत्तरार्धमा सुधार आउन सक्छ र परिवारमा मांगलिक कार्यहरु हुन सक्छन्। स्वास्थ्य बृहस्पति ग्रहको प्रथम गोचर र राहु ग्रहको पनि असोजसम्म प्रथम गोचरमा रहने र केतु ग्रह सप्तम गोचरमा रहने भएकाले यो समयमा टाउको दुख्ने, शरीरमा कमजोरी देखा पर्ने, आलस्यता हुने, रिस धेरै उठ्ने हुन सक्ने रहेकाले स्वास्थ्यमा विशेष ध्यान दिंदा राम्रो हुन्छ। कार्तिकबाट केतु ग्रहको गोचर छैटौँ स्थानमा हुने भएकाले शारीरिक कमजोरी हट्ने तथा शरीर फुर्तिलो हुने योग छ। तर चोटपटकको भय भने रहन्छ। व्यापार/व्यवसाय/आर्थिक शनि ग्रहको एकादश स्थानको गोचरको प्रभावले निर्माण सामग्रीको उद्योग, फलाम सम्बन्धि विभिन्न व्यवसायहरु, सवारीसाधनको खरिदविक्रि सम्बन्धि व्यवसाय, लत्ताकपडाको उद्योग तथा व्यापार, कृषि तथा पशुपालन व्यवसायको यो वर्ष राम्रो रहन सक्छ। फेशन डिजायन तथा सुन्दरता सम्बन्धि व्यवसाय भने यो वर्ष सामान्य रहन सक्छ। शनि ग्रहको एकादश गोचरले गर्दा यो वर्ष आयआर्जन बढ्न सक्ने र दिर्घकालीन लगानी हुन सक्ने समय छ। शेयर बजारबाट सामान्य लाभ को अपेक्षा गर्न सकिन्छ। असार, असोज, माघ र फागुन महिना आर्थिक क्षेत्रका लागि शुभ रहेका छन्। पेशा/रोजगार वैदेशिक तथा प्रशासनिक क्षेत्रमा काम गर्नेहरुले यो वर्ष राम्रो प्रगति तथा सफलता प्राप्त गर्न सक्ने योग छ। पेशाको सिलसिलामा स्थान परिवर्तन हुने तथा थप जिम्मेवारी वहन गर्नुपर्ने समय छ। कामबाट अपजसको सामना गर्नुपर्ने हुन सक्छ। प्रेम सम्बन्ध केतु ग्रहको सप्तम गोचरले असोजसम्मको समय प्रेम तथा वैवाहिक जीवनमा असमझदारी र विवाद आउन सक्ने समय रहेकाले ध्यान दिनुपर्ने समय छ। अन्य पारिवारिक सम्बन्धहरु यो समयमा सामान्य देखिन्छ। कार्तिकबाट केतुको गोचर परिवर्तन हुनाले प्रेम तथा वैवाहिक जीवनमा रहेको समस्या हट्ने र सम्बन्ध सुधार हुन सक्ने समय रहेको छ। शुभ रंग/अङ्क मेष राशिको लागि यो वर्ष सेतो, खैरो, पर्पल र पहेलो रङ्ग शुभ रहन सक्छ। त्यस्तै १, ३, ७, ९ अङ्क शुभ रहेका छन्। उपाय तपाईंले बृहस्पति र राहुको अशुभ गोचरफलको निवारणको लागि जप/पाठ तथा ग्रहशान्ति पुजा गर्न सक्नुहुन्छ। तपाईंले बिहिबारको दिन भगवान बिष्णुको पुजापाठ तथा दर्शन गरेर पनि गोचरको बृहस्पतिको अशुभ प्रभाव कम गर्न सक्नुहुन्छ।
-
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वृष राशिको लागि २०८० साल सामान्य रहन सक्छ। सवारीसाधन, जग्गाजमिन, रोजगारी, वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी गर्न सक्ने योग छ। स्वास्थ्य स्थिति वर्षभरि नै सामान्य रहन सक्छ। वर्षको पूर्वार्धको समयमा खर्च बढ्ने, काममा ढिलासुस्ती हुने रहेपनि वर्षको उत्तरार्धबाट सुधार हुन सक्ने समय छ। पढाईमा उचित समय दिन नसक्दा विद्यार्थीले उचित नतिजा प्राप्त गर्न गाह्रो हुन्छ। स्वास्थ्य बृहस्पति ग्रहको बाह्रौं गोचर र शनि ग्रहको दशौँ गोचरका कारण स्वास्थ्य सामान्य रहन सक्छ। नशा सम्बन्धि तथा बोसो सम्बन्धि समस्या यो समयमा देखिन सक्छ। वर्षको पूर्वार्धको समय स्वास्थ्य सम्बन्धि समस्या रहन सक्ने भएपनि उत्तरार्धबाट सुधार आउन सक्ने सम्भावना छ। व्यापार/व्यवसाय/आर्थिक व्यापार व्यवसायका दृष्टिले यो वर्ष मध्यम देखिन्छ। शनि ग्रहको गोचर दशौँ स्थानमा रहने भएकाले ढिलासुस्ती बाबजुत कठोर प्रयासले कामहरु बन्न सक्छन्। अनावश्यक विवादमा अल्झिंदा बन्न लागेको काम बिग्रिन सक्ने, व्यवसायबाट घाटा हुन सक्छ। वर्षको उत्तरार्धबाट राहु ग्रहको एकादश गोचर रहने भएकाले व्यापार व्यवसायमा सुधार आउन सक्छ। धार्मिक तथा परोपकारको क्षेत्रमा पनि केहि खर्च हुन सक्छ। यो वर्ष शेयर बजारबाट त्यति राम्रो अपेक्षा गर्न सकिंदैन। आर्थिक दृष्टिले साउन, कार्तिक, फागुन र चैत महिना शुभ रहेका छन् । पेशा/रोजगार वैदेशिक क्षेत्र तथा पर्यटन तथा होटल सम्बन्धि क्षेत्रमा काम गर्ने व्यक्तिहरुले वर्षको उत्तरार्धबाट सामान्य लाभ लिन सक्छन् भने सरकारी तथा बैकिङ्ग क्षेत्रमा काम गर्नेहरुको समय सामान्य नै रहन सक्ने भएकाले ठूलो प्रगतिको अपेक्षा गर्न सकिंदैन । कामको कारणले यात्रा गर्नुपर्ने र यात्रा मध्यम फलदायी रहने समय छ। प्रेम सम्बन्ध प्रेम तथा पारिवारिक जीवन यो वर्ष मध्यम नै रहने देखिन्छ। केहि असमझदारी र विवाद पारिवारिक तथा प्रेम जीवनमा देखिएपनि वर्षको अन्त्यतिर समस्या हट्ने र पारिवारिक जीवन राम्रो हुन सक्ने समय छ। प्रेम जीवनमा रहेकाहरु आफ्नो प्रेमीको साथ रमाइलो यात्रामा सहभागी हुन सक्ने योग छ। शुभ रंग/अङ्क वृष राशिको लागि यो वर्ष सेतो, गुलाबी, पपहेंलो र निलो रङ्ग शुभ रहन सक्छ। त्यस्तै अङ्कहरु २, ४, ६, ७ रहेका छन्। उपाय वृष राशिका व्यक्तिहरुले शनिबारको दिन विहान पीपलमा जल चढाउँदा, हनुमानजीको स्मरण गर्दा र बिहिबारको दिन तपाईंले बिहिबारको दिन भगवान बिष्णुको पुजापाठ तथा दर्शन गरेर पनि गोचरको शनि र बृहस्पतिको अशुभ प्रभाव कम गर्न सक्नुहुन्छ। शनि तथा बृहस्पतिको अशुभ गोचरफलको निवारणको लागि जप/पाठ तथा ग्रहशान्ति पुजा गर्न सक्नुहुन्छ।
-
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिथुन मेष राशिको लागि २०८० पूर्वार्ध उत्साहजनक र उपलब्धिमूलक हुनेछ। आयभावमा रहने बृहस्पति र राहुको प्रभावले आर्थिक उन्नतिको मार्ग प्रशस्त हुनेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। अध्ययनले नया“ गति लिनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनेछ। र, मिहिनेतले बलियो नोकरीका साथै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। केतुको प्रभावले सुरुमा स्वास्थ्यबाधा, अध्ययनमा अवरोध र सन्तानका बारेमा चिन्ता बढाउन सक्छ। वर्षको उत्तरार्धमा पारिवारिक समस्या बढ्ने, घरजग्गामा किचलो, साझेदारीमा विवाद, कृषि उत्पादन र पशुधनमा क्षय, सवारीसाधनमा नोक्सानी जस्ता समस्या पनि आउन सक्छन्। धर्म तथा भाग्य भावमा वर्षभरि शनिदेवको उपस्थिति रहनेछ। यसको प्रभावले रोग र शत्रुलाई प्रश्रय दिनुका साथै धार्मिक तथा सामाजिक क्रियाकलापमा बाधा, पारिवारिक मतभेद, साथीभाइ र बन्धुबान्धवसँग असमझदारी जस्ता उल्झन निम्त्याउने सम्भावना देखिन्छ। वर्षको उत्तरार्धमा कर्मभावमा जाने राहुले पनि कर्मक्षेत्रमा वादविवाद र उल्झन निम्त्याउन सक्छ। वर्षभरि बृहस्पतिको प्रभावले शुभकर्म गर्न प्रेरणा प्राप्त भइरहनेछ। भाग्यले मनमिल्ने प्रेमपात्र जुराउनुका साथै एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने बलियो सम्भावना छ। यही वर्ष सन्तानसुखको योग समेत रहेको छ। विद्यार्थीहरूमा लगनशीलता बढ्नेछ र अध्ययनले उचाइको बाटो समाउनेछ। विदेश ताक्नेहरूलाई यात्राको अवसर प्राप्त हुनेछ भने स्वदेश फर्किनेहरूलाई पनि नयाँ काम गर्ने उपयुक्त वातावरण रहनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। जन्मकुण्डलीमा पाप ग्रहहरू प्रतिकूल हुनेहरूका लागि सम्बद्ध ग्रहहरूको पूजा–अनष्ठान गर्दा राम्रो हुनेछ। राहु–केतुको प्रतिकूल प्रभावबाट मुक्त रहन वटुकभैरव र छिन्नमस्ता भगवतीकोको पूजा–आराधना गर्नुहोला। तुलनात्मक रूपमा जेठ, असार, असोज र माघ महिना अलि कष्टदायक रहनेछन् भने वैशाख, भदौ, मंसिर र चैत महिनामा विशेष अर्थलाभ हुनेछ।
-
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
वर्ष सामान्य पृष्ठभूमिबाटै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। व्यावहारिक उल्झनका बाबजुद कर्मयोगबाट उत्साहजनक उपलब्धि प्राप्त गर्न सकिनेछ। भविष्यका लागि बलियो आधार बन्ने दिगो काममा प्रवृत्त भइनेछ। भाग्य भावमा बृहस्पतिको अनुकूल प्रभावले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहनेछन्। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ र प्रतिभाको उच्च मूल्यांकन हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। भाग्यले असल प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने बलियो सम्भावना छ। यही वर्ष सन्तानसुखको योग समेत रहेको छ। मिहिनेतले उल्लेख्य प्रगति हासिल गर्न सकिनेछ। गृहभावमा केतु रहने हुँदा घरेलु समस्यासँग संघर्ष गर्नुपर्ला। केतुको प्रभावले मन अशान्त रहनेछ भने सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्त्याउने हुँदा एकल अवधारणातर्फ अग्रसर भइनेछ। कर्मभावमा राहुको उपस्थितिले बेलाबेला विद्रोहीहरूको दबाब र झमेला निम्त्याउने देखिन्छ। असार–साउनतिर केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भाद्रपछि स्थिति अनुकूल बन्नुका साथै सम्पादित कर्मले कीर्तिमानी समेत दिलाउन सक्छ। मंगलको प्रभावले भदौदेखि फागुनसम्म चौतर्फी आम्दानीका ढोकाहरू खुल्नेछन्। दाम्पत्यभावमा शनिको प्रभावले जीवनसाथीको स्वास्थ्य कमजोर हुने हुँदा यसप्रति सचेत रहनुपर्नेछ। कसैकसैको सुमधुर दाम्पत्यमा पनि समस्या आउन सक्छ। व्यक्तिगत र सामाजिक अनुशासन पालना नगर्दा स्वास्थ्यबाधा र कर्मबन्धनका उल्झनले सताउनेछन्। सदाचारमा नरहने र जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई आलस्य, ढिलासुस्ती, अध्ययन र खानपानमा अरुचि, कार्यबाधा र अर्थहानि जस्ता समस्या आउनेछन्। सदाचारी र कर्मयोगीहरूलाई भने यो वर्ष अत्यन्त शुभफलदायी रहनेछ। मिहिनेतले वर्षको उत्तरार्धमा सफलताको उचाइमा पुर्याउन सक्छ। विभिन्न उपलब्धि र भौतिक साधन जुटाउन सफल भइनेछ। प्रतिकूल ग्रहदोषबाट मुक्त हुन सम्बद्ध ग्रहहरूको पूजा, जप, अनुष्ठान गर्न सकिन्छ। शनिका लागि काली भगवती र हनुमानको आराधनाका साथै शनिवार पीपलको पूजा गरी जल चढाउनाले फाइदा हुनेछ। केतुको दुष्प्रभाव कम गर्न वटुकभैरवको पूजा गर्नुहोला। असार, साउन, कार्तिक र फागुन महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने वैशाख, जेठ, असोज र पुस महिना अधिक शुभफलदायी रहनेछन्। गौ सेवा या वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । सोमबार शिवजीको दर्शन, पूजा र आरधना गर्नाले ग्रह पीडा कम हुनेछ । प्रत्येक दिन निमुखा प्राणी तथा चराचुरुङ्गीलाई खानेकुरा दिनाले पनि भाग्यमा वृद्धि हुनेछ
-
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
यो वर्ष केही उतारचढावमय रहनेछ। आसलाग्दो मध्यम परिवेशबाट सफलताको मध्यम उचाइसम्मको उपलब्धि हातलागी हुनेछ र लगानीमार्फत भविष्यका लागि बलियो आधार तयार पार्न सफल भइनेछ। वर्षभरि बृहस्पति कष्टभावमा रहनाले काम रोकिनुका साथै लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ। अध्ययन र धर्माचरणमा बाधा, स्वास्थ्यमा समस्या, साझेदारीमा झमेला, व्यापारमा हानि र नोकरीमा दुर्गम स्थानान्तरण जस्ता व्यवधान समेत आउन सक्छन्। धर्मभावमा राहुको उपस्थितिले सेवा, संस्कार र धर्मको बाटो साँघुरिनेछ भने काम, क्रोध, लोभ, मोह जस्ता प्रवृत्तिले प्रश्रय पाउनेछन्। अरूको धन, धर्मसंस्कृति तथा रहनसहनप्रति मोह जाग्नेछ। सदाचार र आत्मअनुशासन पालना नगर्दा सामाजिक लोकप्रिय छविमा प्रश्न उठ्न सक्छ। कर्मक्षेत्रमा बाटो बिराउनाले दुःख पाइनेछ। सदाचार र कर्मयोगमा विश्वास गर्नेहरूलाई भने यो वर्ष शुभफलदायक नै रहनेछ। शत्रुभावमा शनिदेवको प्रभावले रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। समय लागे पनि दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश पाउने बलियो सम्भावना छ। मिहिनेतले स्वरोजगार समेत बनाउन सक्छ। सेवाभावले गरिएका कर्मबाट आर्थिक लाभ र सञ्चय समेत हुनेछ। यस्तै, उद्योग तथा पराक्रम भावमा रहने केतुको प्रभावले उद्यमशील बन्न प्रेरित गर्नेछ। भदौदेखि मंगलको प्रभाव राज्य तथा कर्मभावमा रहने हुँदा पद–प्रतिष्ठा प्राप्त हुनेछ। पेसा–व्यवसायमा जोस–जाँगर बढ्नेछ। पुरानो व्यवसायमा नयाँ प्रविधि भित्रिनेछन्। कृषि र पशुपालनतर्फ फाइदा हुनेछ। भूमिको उपयोगतर्फ लगानी बढ्नेछ। नयाँ उद्योगधन्दा शुभारम्भ गर्ने प्रक्रिया अघि बढ्नेछ। राजनीतिमा लाग्नेहरूका लागि पनि विशेष अवसर प्राप्त हुनेछ। बृहस्पतिको प्रतिकूलताले गहिरो अध्ययन–अनुसन्धानमा लाग्नेहरूलाई केही अलमल भए पनि प्रविधि अध्ययन गर्नेहरूलाई यो वर्ष उपलब्धिमूलक रहनेछ। विदेश ताक्नेहरूलाई वर्षको उत्तरार्धमा यात्राको साइत जुर्न सक्छ। राजनीतिक तथा आर्थिक लाभ लिन वर्षको उत्तरार्ध कुर्नुपर्ने देखिन्छ। वर्षभरि सदाचारमा रहेर बाधक ग्रहहरूको पूजा, जप, अनुष्ठान गर्नाले प्रतिकूल प्रभावबाट मुक्त भई शुभफल प्राप्त गर्न सकिन्छ। बृहस्पतिका लागि नियमित शिवजी र बगलामुखी भगवतीको पूजा–आराधना गर्नाले र राहुका लागि वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा–उपासना गर्नाले पनि ग्रहदोष निवारण हुनेछ। यस्तै आफ्ना इष्टदेवको नियमित पूजा–उपासनाले पनि शुभफल प्राप्त हुनेछ। साउन, भदौ, मंसिर र चैत महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने जेठ, असार, कार्तिक र माघ महिना अधिक लाभदायक रहनेछन्। ग्रह पीडाबाट बच्न राहु र बृहस्पतिको शान्ति गर्दा राम्रो हुनेछ । भगवान श्रीकृष्ण र लक्ष्मीजीको दर्शन, पूजा, आरधना, पाठ गर्नाले राम्रो हुनेछ । सत् मार्गमा हिड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ ।
-
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
यो वर्ष उत्साहजनक उपलब्धि हासिल गर्दै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। प्रारम्भमा स्वास्थ्यबाधा र बीचमा केही संघर्षमय परिस्थिति आए पनि वर्षको अन्त्यतिर विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बृहस्पतिको अनुकूल प्रभावले यो वर्ष विभिन्न अवसर प्राप्त हुनेछन्। पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। सवारी, घरजग्गा तथा अन्य चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग छ। उच्चशिक्षा तथा रोजगारीका लागि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। भाग्यले असल जीवनसाथी जुराउने हुँदा गृहस्थीको बलियो जग बस्नेछ। काममा मातापिताको सहयोग र सद्भाव प्राप्त हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन्। घरमा मंगलमय कार्य सम्पादन हुनेछन्। समाजसेवा एवं परोपकारी काममा प्रवृत्त भइनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। राहु कष्टभावमा रहनाले शरीरमा चोटपटक, रोग, अर्थहानि, अवरोध, मानसिक चिन्ता जस्ता विघ्नबाधा पनि आइरहनेछन्। असारको मध्यान्तरदेखि भदौ पहिलो सातासम्म कष्टभावमा मंगल–राहुको संयोगले दुर्घटना, चोटपटक आदि निम्त्याउने सम्भावना रहन्छ, सजग रहनुहोला। माघ २७ पछि राहु शनिको दृष्टिपथमा रहने हुँदा पहिलेका विघ्नबाधा पुनः दोहोरिन सक्छन्। माघसम्म पुत्रभावमा शनिको प्रभाव रहने हुँदा सन्तानप्रतिको चिन्ताले सताउनेछ। पेटको समस्याले अध्ययनमा बाधा, काममा विलम्ब, अपयश र अर्थहानि जस्ता समस्या पनि आइरहनेछन्। वर्षको अन्त्यमा शनिको राशि परिवर्तनले स्थितिमा सुधार आउनुका साथै रोकिएका काम बन्न थाल्नेछन्। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। वर्षभरि केतुको प्रभावले धन सञ्चयमा बाधा, आलोचना र वादविवाद निम्त्याउन सक्छ। तापनि बृहस्पतिको प्रतिबद्ध स्वभावले वर्षभरि काममा प्रवृत्त भइनेछ। नोकरीतर्फ केही बाध्यात्मक परिस्थितिले खुम्च्याए पनि विद्वत्ता र कलाका माध्यमले दमित अभिव्यक्ति प्रस्फुटन गर्न सकिनेछ। समय लागे पनि विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। स्वास्थ्य–समस्यामा भने वर्षभरि नै सजग रहनुपर्ने देखिन्छ। प्रतिकूल गोचरीय ग्रहहरू जन्मकुण्डलीमा कमजोर हुनेहरूले सम्बद्ध ग्रहको विधिपूर्वक शान्ति र पूजाआराधना गर्नुहोला। शनिको प्रतिकूल समयमा शनिवार पीपलमा जल चढाउनुका साथै नियमित काली भगवतीको पूजा–आराधना गर्नाले फाइदा हुनेछ। वटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नाले राहु र केतुको प्रतिकूल प्रभाव कम भई लाभ मिल्नेछ। नयाँ काम थाल्न वैशाख, भदौ, असोज र पुस महिना प्रतिकूल हुनेछन् भने असार, साउन, मंसिर र फागुन महिना अधिक लाभदायक रहनेछन्।
-
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
यो वर्षको सुरुमा आसलाग्दो परिवेश देखिए पनि बीचमा केही अवरोहण हुँदै शक्तिक्षय र आर्थिक मन्दी जस्ता समस्यासँग जुध्नुपर्ने देखिन्छ। तापनि खर्चिलो र विवादास्पद काम सम्पादन गरी वर्षको अन्त्यमा समस्या सुल्झाउन सफल भइनेछ। वर्षभरि बृहस्पति शत्रुभावमा रहने हुँदा पहिलेका उपलब्धिहरू जोगाउन मुस्किल पर्ने देखिन्छ। अध्ययनमा पनि प्रगतिको मार्ग अवरुद्ध हुन सक्छ। काममा उल्झन र नोकरीमा अपजस प्राप्त हुनाले मन खिन्न रहनेछ। ईर्ष्या गर्नेहरूले शत्रुवत् व्यवहार गर्न थाल्नेछन्। स्वास्थ्य र धन सम्बन्धी चिन्ताले सताइरहनेछ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। चलअचल सम्पत्तिको कारोबार गर्दा हानि–नोक्सानी हुन सक्छ। आफ्ना कमजोरीमाथि खेल्नेहरू सक्रिय हुने हुँदा व्यवहारमा सजग रहनुहोला। मस्तिष्कभावमा केतुको प्रभाव रहने हुँदा यदाकदा अपरिपक्व निर्णयहरू हुन सक्छन्। यसले नेतृत्व लिने क्षमताप्रति प्रश्न उठ्न सक्छ। भदौदेखि फागुनसम्म कष्टभावमा रहने मंगलको प्रभावले चोटपटक, दुर्घटना आदि निम्त्याउने हुँदा जोखिमपूर्ण काम गर्दा सजग रहनुहोला। वर्षभरि सुखभावमा रहने शनिको अढैया प्रभावले मन अशान्त भइरहनेछ। परिवारमा द्वन्द्व, झूटा आरोप, अस्वस्थता, अर्थहानि, शत्रुबाधा जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ। सुरुमा विश्वास जितेर ठग्नेहरूले सताउन सक्छन्। अनीति र अन्यायको सिकार हुँदासमेत आफन्तजन तथा शुभचिन्तकहरू मौन रहने हुँदा बुद्धिविवेकले काम लिनुपर्नेछ। वर्षको अन्त्यतिर स्थितिमा सुधार आउनेछ भने रोकिएको काम पुनः सम्पादन हुनेछ। दाम्पत्यभावमा राहुको उपस्थितिले गृहस्थी सुखमा पनि बाधा पुग्नेछ। प्रेमिल सम्बन्धमा फाटो ल्याउनेहरू सक्रिय हुनेछन् र गृहस्थीको जग कमजोर बन्नेछ। असारको मध्यान्तरपछि भदौको पहिलो सातासम्म दाम्पत्यभावमा हुने मंगल–राहुको संयोगले घरमा अशान्ति रोग र कलह निम्त्याउन सक्छ। सदाचार र अनुशासनको मर्यादा पालना गर्नेहरूलाई भने ग्रहको प्रतिकूल प्रभावले कुनै असर पुर्याउने छैन। ग्रहहरूको प्रतिकूल प्रभावबाट मुक्त रही शुभफल प्राप्त गर्न ग्रहहरूको विशेष साधना र अनुष्ठान गर्नुहोला। सदैव मंगलदायक गणेशजीको पूजा गर्दा मंगलदोष शान्त हुनेछ। शिवजी र बगलामुखीको पूजा–आराधनाले बृहस्पतिको दुष्प्रभाव कम हुनेछ। वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा गर्नाले राहु र केतुको ग्रहदोष शान्त हुनेछ। शनिको प्रतिकूल प्रभावबाट मुक्त हुन आफ्ना इष्टदेवता, हनुमानजी, महांकाल र काली भगवतीको उपासना गर्नुहोला। शनिवार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ। जेठ, असोज, कार्तिक र माघ महिना प्रतिकूल हुनेछन् भने साउन, भदौ, पुस र चैत महिना अधिक लाभदायक रहनेछन्। दर्शन/पूजा/उपाय प्रत्येक विहीवार लक्ष्मीनारायणको पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । बिहीवार कालो पहिरन नगरेकै राम्रो हुन्छ । बृहस्पति, शनि, राहु र केतुको ग्रह शान्ति गर्ने । आफ्नो जन्म दिनमा रोगीलाई साथ र सहयोग गर्नेहरूलाई भने ग्रह पीडा कम भई अधिक शुभ फल मिल्नेछ । प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
-
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
वृश्चिक राशिका जातकका लागि समग्रमा २०७९ साल शुभ फलदायी रहनेछ । बृहस्पति र राहुको प्रभावले वर्षभरी नै राम्रो फल दिने र भाग्यमा वृद्धि हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । नसोचेको ठाउँबाट चमत्कारी लाभ पनि मिल्नेछ । माघ २७ गते सम्म जन्म कुण्डलीमा शनि कमजोर हुनेलाई भने शनि अढैयाको प्रभावले आरोपप्रत्यारोप, धन हानी, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्ला । विद्याभावमा स्थित बृहस्पतिको प्रभावले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहनेछन्। सुरुको मिहिनेतले वर्षभरि लाभ उठाउन सकिनेछ। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। बौद्धिक क्षमता पनि बढ्नेछ। अध्ययन तथा रोजगारीका सन्दर्भमा देश–विदेश जाने साइत जुर्न सक्छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने समय छ। सन्तानसुखको भागीदार भइनेछ। घरमा मंगलमय कृत्यहरू सम्पादन हुनेछन्। पराक्रमभावमा शनिको उपस्थितिले जोसजाँगर बढ्नुका साथै कर्मयोगले सदैव लक्ष्यको मार्ग अवलम्बन गर्नेछ। मिहिनेतले उत्तम नोकरी तथा पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। सवारी, घरजग्गा तथा अन्य चल–अचल सम्पत्ति जोड्ने समय छ। नयाँ उपलब्धि प्राप्त हुने सम्भावना देखिएकाले वर्षभरि मिहिनेत गर्नुहोला। राहुको अनुकूल प्रभावले रोग, शत्रु र प्रतिस्पर्धीहरू परास्त हुनेछन्। विभिन्न भौतिक स्रोत–साधन जुटाउन सफल भइनेछ। यन्त्र–उपकरण र प्रविधिमा काम गर्नेहरूलाई विशेष फाइदा हुनेछ। राजनीतिमा लाग्नेहरूलाई पद–प्रतिष्ठा प्राप्त हुने बलियो सम्भावना छ। महत्त्वाकांक्षी योजनाहरू अघि बढ्नेछन् भने लामो समयदेखि अड्किएका काम पनि सम्पादन हुनेछन्। कृषि, नोकरी, व्यापार तथा अन्य पेसा–व्यवसायमा राम्रो लाभ हुनेछ। खर्चभावमा केतुको उपस्थितिले केही रकम भने बाहिरिन सक्छ। फजुल खर्च बढ्ने र अरूले आफ्नो रकम दुरुपयोग गर्ने सम्भावना रहेकाले सजग रहनुहोला। भदौदेखि दाम्पत्यभावमा मंगलको प्रभाव रहने हुँदा पतिपत्नीमा असमझदारी बढ्न सक्छ। प्रियजनको समस्या साक्षात्कार गर्न नसक्दा सुमधुर सम्बन्धमा समेत दरार आउन सक्छ। माघको अन्त्यमा प्रारम्भ हुने शनिको अढैया प्रभावले पनि पारिवारिक माहोल अशान्त बन्नेछ। परिस्थितिवश पहिलेका उपलब्धि जोगाउन समस्या पर्नेछ, सजग रहनुहोला। मंगल र केतुको प्रतिकूल प्रभावबाट जोगिन क्रमशः गणेश र वटुकभैरवको पूजा–आराधना गर्नुहोला। नियमित हनुमानचालीसा पाठ गर्नाले र आफ्ना इष्टदेव–देवीको पूजा–आराधना गर्नाले पनि फाइदा भइरहनेछ। वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन् भने असार, कार्तिक, मंसिर र फागुन महिनामा अलि हानि हुन सक्छ।
-
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धनु राशि हुनेहरूका लागि यो वर्ष सामान्य रहने देखिन्छ । केतुको प्रभावले कीर्ति बढेर जाने, धनलाभ हुने र बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । शनिको साढेसाती, बृहस्पति र राहुको गोचरले भने चिन्ता, हानी, वाधा, नोक्सानी र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुबिधा हुनेछ, तर घरपरिवारमा माङ्गलिक कार्य आयोजना हुनेछ घर–परिवार र समाजका विसंगति विरुद्ध उभिनुपर्दा संघर्ष भइरहनेछ। घरपरिवारमा असमझदारी बढ्नाले सहमतिमा सगोलको सम्पत्ति भागबन्डा लाग्न सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने अनावश्यक काममा धन खर्च हुने देखिन्छ। चल–अचल सम्पत्तिको कारोबारमा त्यति फाइदा नहुन सक्छ। आफन्तजन बिनाकारण टाढिन सक्छन्। राहुको प्रतिकूल प्रभावले सन्तानको भविष्यप्रति चिन्ता बढ्नेछ। वर्षभरि पेटको समस्याले सताउन सक्छ। विद्यार्थीहरूको अध्ययनमा व्यवधान हुनाले राम्रो नतिजा ल्याउन मुस्किल पर्नेछ। असारको मध्यान्तरपछि भदौ पहिलो सातासम्म हुने मंगल–राहुको संयोगले विवादास्पद कर्मको भागीदार बनाउन सक्छ। जन्मकुण्डलीमा प्रतिकूल राहु हुनेहरूलाई लाञ्छना, अर्थहानि, वादविवाद जस्ता समस्या देखा पर्नेछन्। धन तथा वाणीभावमा रहने शनिदेवको अन्त्य साढेसाती चल्ने हुँदा विभिन्न व्यवधानसँग संघर्ष पनि भइरहनेछ। आयस्रोत कमजोर हुनेछ, खर्च बढ्नेछ र आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। आलस्य, ढिलासुस्ती गर्ने बानीले व्यवहारमा दुःख पाइनेछ। जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, अर्थ अभाव, मानहानि जस्ता समस्या आइरहनेछन्। आयभावमा केतुको उपस्थितिले वर्षभरि आम्दानीका स्रोतहरू जुट्नेछन् र आइपरेका समस्या सजिलै समाधान गर्न सकिनेछ। भदौदेखि शत्रुभावमा मंगलको प्रभावले रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। जोसजाँगर बढ्नुका साथै कर्मयोगले लक्ष्यको मार्ग अवलम्बन गर्नेछ। माघको अन्त्यमा शनिको राशि परिवर्तनले स्थितिमा थप सुधार आउनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। उद्योग तथा कृषिक्षेत्रमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। आर्थिक समस्या सुल्झनेछ र भौतिक साधनसमेत जुटाउन सकिनेछ। प्रतिकूल ग्रहहरूको दुष्प्रभाव कम गरी अवसरको लाभ उठाउन अनिष्ट ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्नुहोला। आफ्नो ग्रह पीडाबाट बच्न र भाग्यलाई अझै वृद्धि गराउनको लागि बिहीवार विष्णु भगवानको दर्शन / पूजा गरि शाकाहारी भोजन गर्नाले राम्रो हुनेछ । प्रत्येक बिहीवार निमुखा प्राणीलाई खानेकुरा दिने र वृद्धजनलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ । बिहीवार कै दिन केराको वृक्षारोपण र पूजन गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।
-
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
वर्ष केही अवसर प्राप्त भए पनि व्यावहारिक समस्या र आर्थिक मन्दीले दैनिकीलाई संघर्षको मैदानमा अवतरण गराउन सक्छ। वर्षारम्भदेखि नै चुनौतीपूर्ण जिम्मेवारी अँगाल्दै लक्ष्यतर्फ अग्रसर भइनेछ र सुरुको संक्रमण पार गर्दै केही उपलब्धि प्राप्त गर्न सफल भइनेछ। वर्षभरि उद्योग तथा पराक्रममा बृहस्पतिको उपस्थितिले नयाँ जिम्मेवारी प्राप्त भए पनि कर्मक्षेत्रमा वादविवाद आउने सम्भावना देखिन्छ। तत्काल विरोध सामना गर्नुपरे पनि दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। केही भौतिक स्रोत–साधन जुटाउन पनि सफल भइनेछ। तर समाजसेवामा जुट्दा समेत केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। अरूको विचारमा सहमत बन्न नसक्दा विद्यमान स्थितिमा उतारचढाव, नोकरी सरुवा तथा बसाइसराइको परिस्थिति सिर्जना हुन सक्छ। माघसम्म मस्तिष्कभावमा रहने शनिको मध्य साढेसाती प्रभावले काम, क्रोध आदि प्रवृत्ति अनियन्त्रित बन्नुका साथै जन्मकुण्डलीमा शनिदेव प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्या आइलाग्नेछन्। आलोचक बढ्ने हुँदा काममा अवरोध आउन सक्छ। उच्च अधिकारीसँगको विवादले नोकरीमा समस्या आउन सक्छ। मंगलको प्रभावले साउनसम्म दाजुभाइ र आफन्तमा मतभेद हुने देखिन्छ। सगोलको पैत्रिक सम्पत्ति र साझेदारीमा वादविवाद आउने सम्भावना छ। सुखभावमा राहुको उपस्थितिले पारिवारिक माहोल अशान्त रहनेछ। कृषि तथा पशु–चौपायामा हानि, घरजग्गामा किचलो र आफन्तजनमा वैरभाव नित्याउने हुँदा सजग रहनुपर्नेछ। यही वर्ष अंशीयार दाजुभाइबीच भागबन्डा लाग्न सक्छ। मातापिताको स्वास्थ्य कमजोर हुनाले त्यसप्रति चिन्ता बढ्नेछ भने परिस्थितिको परीक्षामा खरो उत्रनुपर्ने समय छ। कर्मभावमा केतुको प्रभावले अधुरा काम गर्ने उत्साह प्राप्त भए पनि कर्मक्षेत्रका समस्या सुल्झाउन निकै प्रयत्न गर्नुपर्नेछ। पारिवारिक मतभेद देखिए पनि सामुदायिक कार्यका लागि धन खर्च गरिनेछ। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। प्रविधितर्फको शिक्षाले स्वरोजगार बन्न सफल भइनेछ। वर्षभरि आफ्ना इष्टदेवताको आराधनाका साथै बेलाबेला प्रतिकूल ग्रहहरूको शान्तिकर्म गर्नाले अप्ठ्यारो समयमा पनि फाइदा हुनेछ। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोष शान्त हुनेछ। गणेश र बगलामुखी भगवतीको दर्शन–पूजा गर्दा मंगल र बृहस्पतिको दोष पनि शान्त हुनेछ। असार, कार्तिक, मंसिर र चैत महिनामा विशेष फाइदा हुनेछ भने वैशाख, भदौ, पुस र माघ महिना अलि प्रतिकूल रहनेछन्।
-
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कुम्भ राशि हुनेहरूको लागि यो शुभ नै रहनेछ । वर्षभरि नै बृहस्पति र राहुको प्रभावले रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ । केतु र शनिको साढेसातीले भने चिन्ता, नोक्सानी र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुबिधा उत्पन्न हुनेछ अत: मिश्रित फल पाइनेछ । व्यापार/व्यवसाय व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष त्यति राम्रो नरहन सक्छ । जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ, तर कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । सेयर बजार पनि त्यति राम्रो नहोला । आर्थिक दृष्टिले वैशाख, साउन, मंसिर र माघ महिना बढी सकारात्मक हुनसक्छ । प्रेम/सम्बन्ध यो वर्ष प्रेम गर्न चाहनेले नयाँ प्रेम सम्बन्ध स्थापित गर्न सक्छन्, तर प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले बिग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ, शत्रुसँग सम्बन्ध सुल्झन पनि सक्छ । शिक्षा शिक्षाको लागि यो वर्ष सफल र फलदायी नै रहने भएकाले राम्रो नतिजा पाइनेछ । पढाई लेखईको लागि विदेश जाने योग पनि छ । चिकित्सा र डिजाइनका विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ । भाषा र गणित विषय भने कमजोर रहनसक्छ । पेशा/रोजगार यो वर्ष नयाँ रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेको छ । सामाजिक, वैदेशिक, राजनैतिक तथा कूटनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनेछ, तर अपजसको सामना भने गर्नुपर्ला स्वास्थ्य वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने र पुराना रोग काम हुन सक्छ । शनि र केतुको कारणले अस्पताल सम्मको यात्रा गर्नुपर्ला । वायु विकारका साथै रक्त सम्बन्धी समस्या बढ्ने भएकाले आफ्नो खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । शुभ रङ्ग रातो, सेतो, निलो र पहेँलो शुभ रङ्ग हो । शुभ अङ्क २, ३, ७, र ९ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय शनिबार दुर्गाजीको दर्शन, उपासना र आरधना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । प्रत्येक शनिबार संकटा मन्दिरमा दियो बाल्ने र असहायलाई सहयोग गर्दा राम्रो हुनेछ । केतु र शनिको शान्ति गर्ने र वृक्षारोपण गर्नाले पनि ग्रह पीडा कम हुनेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि दुर्गाजीको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ
-
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
यो वर्ष अवसर प्राप्त भए पनि उपलब्धिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। बृहस्पति अनुकूल हुनाले शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै लेखन कलामा निखारता आउनेछ। भाग्यले असल जीवनसाथी जुराउने हुँदा गृहस्थीको बलियो जग बस्नेछ। शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। वर्षको मध्यतिर नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। व्यापारमा मनग्य लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। सवारी, घरजग्गा तथा अन्य चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग देखिन्छ। उच्चशिक्षा तथा रोजगारीका लागि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। बृहस्पतिमाथि खर्चभावका शनिको वेध तथा दृष्टिदोष र राहुको युतिसम्बन्धले सामाजिक न्यायबाट वञ्चित भइनेछ भने समय–समयमा नैतिक धरातल पनि खस्किन सक्छ। बिनाकारण आफन्त तथा शुभचिन्तकहरू टाढिन सक्छन्। यात्रा खर्चिलो र कष्टपूर्ण बन्नेछ। आम्दानी बढाउन अनीतिको सहारा लिनुपर्ने हुन सक्छ। मनमा चिन्ता, शरीरमा चोट, साझेदारीमा झमेला, व्यापारमा हानि तथा नोकरीमा दुर्गम स्थानान्तरण जस्ता समस्या आउन सक्छन्। कष्टभावको केतुले कब्जियत, शूल र चोटपटक जस्ता स्वास्थ्यबाधा निम्त्याउन सक्छ। शनिको साढेसाती दशाले साथीभाइ र घरपरिवारको सुखबाट वञ्चित भएको आभास गराउनेछ। परिस्थितिवश अधिक खर्च, नोकरीमा दुर्गम स्थानान्तरणको चर्चा, अपजस, आलोचना आदिले केही हतोत्साहित भइनेछ। अवसरवादीहरूले नजिकको साइनो गाँसी आफ्नो भावनामाथि खेलबाड गर्ने प्रयत्न गर्नेछन्। काम बिग्रने डरले सताउन सक्छ। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोष शान्त हुनेछ। आर्थिक रूपमा जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ भने असार, कार्तिक र फागुन महिना अलि प्रतिकूल देखिएकाले संयमित भएर काम गर्नुहोला। आफ्नो ग्रह पीडाबाट बच्न र भाग्यलाई वृद्धि गराउनको लागि राहु, केतु र शनिको ग्रह शान्ति, जप, पाठ र पूजा गरि सत्य बोल्नाले राम्रो हुन्छ । बिहीवारकै दिन केराको वृक्षारोपण र पूजन गर्नाले शुभफल पाइनेछ । प्रत्येक शुक्रबार महालक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले र शुक्रबारको सेतो पहिरनले पनि भाग्यमा वृद्धि हुनेछ ।